Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एकदिवसीय क्रिकेट : भारतसँग इङ्ग्ल्यान्ड १० विकेटले पराजित

    एकदिवसीय क्रिकेट : भारतसँग इङ्ग्ल्यान्ड १० विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1K
    SHARES

    एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड भारतसँग पराजित भएको छ । दी ओभलमा गए राति भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो ।

    इङ्ग्ल्यान्डले दिएको एक सय ११ रनको सामान्य लक्ष्य भारतले १८ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवन ३१ रनमा अविजित रहे ।



    त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै एक सय १० रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोस बटलरले ३० र डेभिड विलीले २१ रन बनाए ।



    भारतका जस्प्रित बुमराहले ६ विकेट लिए । त्यस्तै मोहमद शामीले तीन र प्रसिद्ध कृष्णले एक विकेट लिए । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार