Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पुलिसका लागि हतियार खरिद गर्नु खतरनाक काम हो : एमाले सांसद अधिकारी

    पुलिसका लागि हतियार खरिद गर्नु खतरनाक काम हो : एमाले सांसद अधिकारी

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 720
    SHARES

    काठमाडौं । प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले बिरोध गरेको छ ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल टेन्डर नगरीकन इटलीको बदनाम कम्पनी बेरेटा मार्फत हतियार खरिद गर्न खोजेको भन्दै विरोध गरेका हुन् ।



    अधिकारीले १२ बोरको छर्रा हान्ने बन्दुक किन्न नहुने र मानव अधिकारको हिसावले पनि सो हतियार किन्न नहुने बताए । हतियार खरिदका लागि २ दिनभित्र एलसी खोल्न तीब्र दवाव दिइएको अधिकारीले बताए ।



    अधिकारीले पुलिसका लागि हतियार खरिद गर्नु खतरनाक काम भएको समेत बताए । हतियार खरिदका लागि अर्थमन्त्रालयले रकमान्तर गरेको भन्दै आपत्ति जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार