Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन

    सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 750
    SHARES

    धनगढी। बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

    करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुनै सहमतिमा नपुगेको नेताहरूले बताएका छन् । प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ ।



    त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने बताइएको छ । असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल भएको छैन ।



    प्रतिपक्षीमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल नहुने अडानमा छन् । आज ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई संवादका लागि बोलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार