Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त

    सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 801
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त भएका छन् ।

    उनले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन्।



    बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उनी पदमुक्त भएको घोषणा गरेको बताएका छन् ।



    उनी ०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । गत वैशाख १३ गते विधानविपरीतका गतिविधि गरेको भन्दै कांग्रेसले मल्ललाई कारबाही गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार