Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेश पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने तामाङ पक्राउ

    विदेश पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने तामाङ पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 723
    SHARES

    काठमाडौं । विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटीएको टोलीले तामाङलाई बिहीबार काठमाडौंको कलङ्कीबाट पक्राउ गरेको हो ।

    चितवनको जुटपानी गाविस घर भएका तामाङले राम्रो पारिश्रमिक र आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।



    तामाङलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।



    वैदेशिक रोजगार कसुरका तीन थान मुद्दामा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार