Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी बन्दना पक्राउ

    बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी बन्दना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–५ घर भइ हाल काठमाडौंको डिल्लीबजार बस्ने ४२ वर्षीया बन्दना उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

    केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई बिहिबार काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार उप्रेतीले २०७५ फागुन ५ गते प्राइम कमर्सियल बैंक लिमिटेड, बागबजार शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको हो ।



    सो सम्बन्धमा उच्च अदालत पाटनबाट यही २०७९ असार ५ मा उप्रेतीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो। उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार