Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जनकपुरधाम बन्द गराउने १२१ चुरे अभियानकर्मी पक्राउ

    जनकपुरधाम बन्द गराउने १२१ चुरे अभियानकर्मी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 738
    SHARES

    जनकपुरधाम । विभिन्न माग तीन बुँदे माग राख्दै जनकपुरधाम बजार बन्द गराउँदै हिंडेका एक सय २१ जना चुरे तथा वन जंगल संरक्षण अभियानी र सुकुम्बासीहरु पक्राउ परेका छन् ।

    पूर्व घोषित अनुसार चुरे तथा वन जंगल संरक्षण अभियानीहरुले बिहीबार जनकपुरधाम बजार बन्द गराउन खोज्दा धनुषा प्रहरीले जनकपुरधामको विद्यापति चोक, कुआ बजार, शिव चोक र मिल्स एरियालगायतका ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ परेकाहरुले सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहँदा पनि सरकारले ध्यान नदिएको, वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गाधनी प्रमाण पत्र दिनुपर्ने माग गरेका छन् ।



    पक्राउ पर्नेहरुमा एक सय १० जना महिला र ११ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दिनभरि जनकपुरधाम बजार क्षेत्रभित्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार