Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

    साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 798
    SHARES

    काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको बुँदा नं। २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ ।



    बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।’ यो बुँदा कार्यान्वयन गर्न अब सिंहदरबारका सबै क्यान्टिनबाट ग्याँस सिलिन्डर विस्थापित हुनु पर्ने भएको छ ।



    बजेटले आगामी तीन महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।

    उद्योग मन्त्रालयको पत्र प्राप्त भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका सबै निकायमा यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्राधिकरण, विभाग, बोर्ड तथा विकास समितिहरुलाई यस्तो निर्देशन दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार