Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । जसमध्‍ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।



    पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् ।



    यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार