Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु : उपसभामुख पुष्पा भुसाल

    इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु : उपसभामुख पुष्पा भुसाल

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 678
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आफ्नो दायित्व थपिएको बताएकी छन् ।

    संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताइन् ।



    उनले उक्त पदमा आफु निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिइन् ।



    ‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार