Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

    मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

    लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौ सेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।



    दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति नौ सेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।



    राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार