Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज सकिँदै

    कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज सकिँदै

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ। आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

    गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।



    बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगन थापाका बैठकका प्रस्ताव र प्रवक्ता डा.प्रकाशशरण महतको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।



    यस्तै बैठकमा सरकारका काम तथा पार्टी नेतृत्वको भूमिकामाथि पनि छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार