Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, टिकट बाँड्न संसदीय समिति गठन गरिने

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, टिकट बाँड्न संसदीय समिति गठन गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

    बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने बताइएको छ ।



    पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई दिइएको छ।



    बैठकमा स्थानीय तह निर्वाचनको तयारी बारे पनि आजको बैठकमा छलफल हुनेछ । ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार