Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेरि उकालो लाग्दै कोरोना , एकै दिन ४ सय ५७ जनामा संक्रमण पुष्टि

    फेरि उकालो लाग्दै कोरोना , एकै दिन ४ सय ५७ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 816
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।



    लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।



    यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार