Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका ‍गहना चोरी, तीनजना पक्राउ

    सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका ‍गहना चोरी, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 948
    SHARES

    काठमाडौं । काठमाडौंको नक्सालमा पर्ने नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडेर सुन तथा चाँदीका गरगहना चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराकी १८ वर्षाीया सविना पराजुली, गुल्मी मुसिकोट २ का २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी १६ का २० वर्षीय सिद्धार्थ बुढाथोकी रहेका छन् ।



    उनीहरूलाई जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त मालीगाउँबाट संयक्त रूपमा खटिएको प्रहरीले सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गरगहनासहित पक्राउ गरेको हो ।



    उनीहरुलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसूरको देहाय २४१ ‘चोरी गर्न नहुने’ कसूरमा मुद्धा दर्ता भएको छ । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद मागेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार