Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • झाँक्रीलाई संकेत गर्दै मेटमणीले भने – मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु

    झाँक्रीलाई संकेत गर्दै मेटमणीले भने – मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 882
    SHARES

    काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।

    मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।



    बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए ।



    त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।

    मन्त्री चौधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुञ्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे ।

    मन्त्री चौधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार