Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पहिलो एकदिवसीय क्रिकेट : दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड ६२ रनले पराजित

    पहिलो एकदिवसीय क्रिकेट : दक्षिण अफ्रिकासँग इंग्ल्यान्ड ६२ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 885
    SHARES

    काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको छ । चेस्टर ली स्ट्रीटमा गएराति भएको खेलमा दक्षिण अफ्रिका ६२ रनले विजयी भएको हो ।

    टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३३ रन बनाएको थियो। जितका लागि ३ सय ३४ रनको लक्ष्य पाएको घरेलु टोली इंग्ल्याण्ड ४६ ओभर ५ बलमा २ सय ७२ रनमा अलआउट भयो ।



    दक्षिण अफ्रिकाका लागि रासी भा डेर डुसेनले १३४ रनको शतकीय पाली खेले। त्यस्तै ऐडेन मार्करमले ७७ र जानेमन मलानले ५७ रनको पाली खेले।



    इंग्ल्याण्डका लागि जो रुटले ८६ र जोनी बेयरस्टोले ६३ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। दोस्रो एकदिवसीय शुक्रबार र तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार