Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विराटनगरबाट अपहरित एक वर्षीया निकिसाको भारतमा सकुशल उद्धार

    विराटनगरबाट अपहरित एक वर्षीया निकिसाको भारतमा सकुशल उद्धार

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 942
    SHARES

    मोरङ । विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

    विराटनगर–१३ की दीपेन्द्र यादवकी छोरी निकिसा सोमबार बिहान ८ बजे अपहरणमा परेकी थिइन् ।



    प्रहरीले बुधबार भारतको दरभंगाबाट अपहरणमा परेकी निकिसालाई सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।



    मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसालाई दिपेन्द्रकी प्रेमिका अञ्जली साहले अपरहण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक कार्कीले बताए ।

    उनले बालिका र अपहरणमा संलग्न साहलाई अहिले बाटोमा ल्याउने क्रममा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार