Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारलाई एमालेको आरोप – स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराउन खोज्यो

    सरकारलाई एमालेको आरोप – स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराउन खोज्यो

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 825
    SHARES

    काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बीमामा सरकारले निजी कम्पनीहरुलाई प्रवेश गराउन खोजेको आरोप लगाएको छ।

    देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले बजेटमार्फत सरकारले लिएको नीतिको विरोध गरेको हो ।



    एमाले स्वास्थ्य तथा जनसंख्या विभागले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको आरोप लगाएको हो ।



    स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रुपमा पूर्ववर्ती सरकारले कार्यान्वयनमा ल्याएको पनि एमालेले स्मरण गराएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार