Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • भारतमा एकै दिन २० हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि

    भारतमा एकै दिन २० हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 645
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा पछिल्लो एक दिनमा २० हजारभन्दा बढीमा जनामा कोरोना पुष्टि भएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



    उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म दैनिक २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक लाख ५२ हजार २ सय संक्रमणको अवस्थामा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार