Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इन्जिनमा समस्या आएपछि यति एयरको विमान पुनः पोखरा फर्काइयो

    इन्जिनमा समस्या आएपछि यति एयरको विमान पुनः पोखरा फर्काइयो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.3K
    SHARES

    पोखरा । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।

    यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।



    यती एयरलाइन्सका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको हो ।



    बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेको एयरलाइन्सले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार