Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ज्यान धम्कीपछि सलमान खानले किने बुलेटप्रुफ कार !

    ज्यान धम्कीपछि सलमान खानले किने बुलेटप्रुफ कार !

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता सलमान खान बुलेट प्रुफ गाडीमा हिँड्न थालेका छन् । ज्यान मार्ने धम्की आएपछि सलमानले आफ्नो ज्यानको सुरक्षामा कडाइ गरेका हुन् ।

    अब उनीसँग बन्दुकधारी गार्डसहित बुलेटप्रुफ गाडीको सुरक्षा हुनेछ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।



    प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।



    सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार