Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पौडी खेल्दा डुबेर बेपत्ता भएका बालक मृत फेला

    पौडी खेल्दा डुबेर बेपत्ता भएका बालक मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

    शिवराज नगरपालिका–११ कञ्चनियाको धोबिघाटस्थित सडवा बस्ने करन मौर्याको छोरा १४ वर्षीय आकाशको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका आकाश डुबेको स्थानदेखि अन्दाजी तीन किलोमिटर दक्षिण सिरिन्डिहवा गाउँ नजिकै उनको शव फेला परेको छ ।



    शुक्रबार प्रहरी टोली, परिवार र स्थानीयले खोजतलास गर्दै जाने क्रममा नदीको बीच भागमा बालुवा थुप्रेको ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार