Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कीर्तिपुरमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु

    कीर्तिपुरमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3.8K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं। बिहीबार दिउँसो कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका-१ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका-३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका छन् ।



    उक्त खाल्डोमा ५ जना बालकहरु पौडी खेल्ने क्रममा २ जना हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुर र बिपद ब्यबस्थापनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खाल्डोमा उनीहरुको शव फेला पारेको प्रहरीले जनाएको छ।



    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार