Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बिग बोसका लागि सलमानले मागे १ हजार करोड

    बिग बोसका लागि सलमानले मागे १ हजार करोड

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए । उनले तीन सिजनको शुल्कमा कुनै बृद्धि नभएको र यसपटक बढी रकम दिएमा मात्र आफूले शो होस्ट गर्ने बताएका थिए ।

    ‘बिग बोस १५’ होस्ट गर्नको लागि ​सलमानले ​३५० करोड भारु लिएका थिए । नयाँ सिजनका लागि सलमानले निर्मातासँग १०५० करोड रुपैयाँ मागेको भारतीय मिडियाको भनाइ छ । तर निर्माताहरुले त्यत्रो रकम दिन नसक्ने जवाफ सलमानलाई दिएका थिए ।



    अहिले आएर ओभरसीज सेन्सर बोर्डका सदस्य उमेर सन्धुले आफ्नो ट्वीटमा सलमानले बिग बोस १६ को लागि ८०० करोड भारु पारिश्रमिक लिने सम्झौता भएको दाबी गरेका छन् । कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको बारेमा पनि केही नामहरु बाहिर आएका छन् । जसका अनुसार यो सूचीमा दिव्यांका त्रिपाठीको नाम पनि परेको छ । धेरै रियालिटी शोमा देखिइसकेकी छिन् दिव्यांकाले ‘बिग बोस १६’ मा पनि पाइला राख्न सक्ने बताइएको छ ।



    मिडिया रिपोर्टका अनुसार दिव्यांकालाई शोको लागि अप्रोच गरिएको छ । यससँगै दिव्यांका र निर्माताबीच शोलाई लिएर कुराकानी पनि भइरहेको छ । यसबाहेक जन्नत जुबैर, ‘ये रिश्ता क्या कहलाता है’ मा नायराको भूमिकी निभाएका शिवांगी जोशी र माही विजको नाम पनि चर्चामा छ । यद्यपि यसबारे आधिकारिक जानकारी भने आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार