Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

    शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 834
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आज नै अर्थमन्त्रीमा नियुक्त भएका शर्माले शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएलगत्तै अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराएकी थिइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अङ्गका प्रमुखको उपस्थिति थियो ।



    बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए ।



    समिति गठन भएसँगै २२ गते नै शर्माले राजीनामा दिएका थिए । क्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार