Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बजेट कार्यान्वयनमा लागिपर्ने अर्थमन्त्रीको प्रतिवद्धता, विवाद र छानबिनबारे बोलेनन्

    बजेट कार्यान्वयनमा लागिपर्ने अर्थमन्त्रीको प्रतिवद्धता, विवाद र छानबिनबारे बोलेनन्

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

    आइतबार पदभार ग्रहण गरेपछि उनले गत वर्षको बजेटको समीक्षा गरेर चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा गर्ने बताएका हुन् । आफूले ल्याएको बजेट कार्यान्वयन गर्ने अवसर पाएकोमा गठबन्धनका नेताहरूलाई धन्यवाद पनि दिए ।



    “चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।”



    यस्तै अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपमा संसदीय समितिले सफाइ दिएपछि पुनः नियुक्ति पाएका शर्माले पदभारका क्रममा त्यसबारे केही पनि बोलेनन् ।

    मन्त्रालयमा शर्मालाई स्वागत गर्दै राजश्व सचिव कृष्णहरि पुष्करले जसको नेतृत्वमा बजेट निर्माण भएको उसकैको नेतृत्वमा कार्यान्वयन गर्न पाउनु खुसीको विषय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार