Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • महादेवको खिल्ली उडाएका ‘माग्ने बुढा’ले मागे माफी

    महादेवको खिल्ली उडाएका ‘माग्ने बुढा’ले मागे माफी

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 870
    SHARES

    काठमाडौं । ‘कमेडी हब’ कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन् ।

    कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।



    सोमवार फेसबुकमार्फत उनले निर्माण टिमको तर्फबाट अन्जानमा गल्ती भएको स्वीकार गरेका छन् ।उनले उक्त सामग्री सबै डिजिटल प्लेटफर्मकहरूबाट हटाइसकिएको पनि जानकारी दिएका छन् ।



    उनले लेखेका छन् ‘हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषय वस्तुलाई युट्युब, टिकटक, फेसबुक सबै तिरबाट हटाइसकेका छौँ । बम बम भोले । जय भोले ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार