Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सलमानको पोस्टमा माग्ने बुढाकाे कमेन्ट, भने – ‘छक्कापञ्जा ४’ आउँदैछ भाइजान

    सलमानको पोस्टमा माग्ने बुढाकाे कमेन्ट, भने – ‘छक्कापञ्जा ४’ आउँदैछ भाइजान

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 624
    SHARES

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ।

    निर्माता र कलाकारले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल र टेलिभिजनको मद्दत लिएका छन्। फिल्म रिलिजअघि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले बलिउड अभिनेता सलमान खानको पोस्टमा समेत ‘छक्कापञ्जा ४’को प्रचार गरे ।



    आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी का जान’को नयाँ गीत ‘बिल्ली बिल्ली आँख गोरिए’ गीत रिलिजबारेको जानकारी दिन सलमान खानले गरेको पोस्टमा माग्ने बुढाको ‘छक्कापञ्जा ४’बारेको कमेन्ट हिन्दीमा छ ।



    सलमानको पोस्टरमा माग्ने बुढाको कमेन्ट छ, ‘वेटिङ… हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्कापञ्जा ४’ आ रहा है भाईजान।’ माग्ने बुढाको यो कमेन्टमा प्रशस्तै प्रतिक्रिया प्राप्त भइरहेको छ ।

    दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङको मुख्य भूमिका रहेको हेमराज बीसी निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार