Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्रयाइँ भयो : स्वास्थ्यमन्त्री खापुङ

    धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्रयाइँ भयो : स्वास्थ्यमन्त्री खापुङ

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 939
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्रयाइँ भइरहेको बताएका छन् ।

    आज प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    मन्त्री खापुङले कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे ।



    उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने वागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए । मन्त्री खापुले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार