Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : स्‍वास्थ्यमन्त्री

    डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : स्‍वास्थ्यमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 597
    SHARES

    काठमाडौं । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन्।

    बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणका निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताएका हुन्।



    उनले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनका काम पनि भइरहेको जानकारी दिए। लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशैभरि सञ्चालन गरिरहेको उनले बताए।



    मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र बिषादी छर्नका लागि विज्ञहरुका सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताए ।

    उनले डेंगु प्रभावित बिरामीको उपचार भइरहेको र अन्य अस्पताललाई पनि तयारीको अवस्थामा राखिएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार