Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेपनि नेपाली बजारमा नघटेकोमा सांसद सुवालको आपत्ति

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेपनि नेपाली बजारमा नघटेकोमा सांसद सुवालको आपत्ति

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 759
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भएपनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए ।



    उनले नेपाल आयल निगमको सञ्चित नोक्शानी ३१ अर्ब पुगेको बताइरहेका बेलासमेत सरकारले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सोच्न नसकेको बताए । सांसद सुवालले सरकारले भारतलाई बेचेको ३६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बताएपनि बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिन आवश्यक रहेको बताए ।



    उनले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भए भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट भएको बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार