Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेमकिपाको निर्णय

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिने नेमकिपाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 282
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।



    नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी लगायतको नीति एवम् दृष्टिकोणमा तात्विक भिन्नता नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको उल्लेख छ ।



    प्रतिनिधि सभामा नेमकिपाको एक सिट छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार