Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

    मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको बताए ।



    निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो ।



    ‘यसपलि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मशान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार