Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेसले चुनावी घोषणापत्रका लागि प्रविधिमार्फत् सुझाव संकलन गर्दै

    कांग्रेसले चुनावी घोषणापत्रका लागि प्रविधिमार्फत् सुझाव संकलन गर्दै

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रविधिमार्फत् सुझाव संकलन सुरु गरेको छ।

    कांग्रेस घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत् साताव्यापी सुझाव संकलन थालेको कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए।



    घोषणापत्र निर्माणका लागि आन्तरिक छलफलदेखि प्रत्यक्ष सम्वाद र सर्वाजनिक सम्वाद सुरु गरेको हो । समितिले स्वदेश तथा विदेशमा रहेका कांग्रेसका समर्थक, शुभेच्छुक र आलोचक लगायत समस्त नेपालीलाई सुझावका लागि आह्वान गरेको हो।



    नेपाली कांग्रेसको आधिकारी फेसबुकपेज, इमेल ट्विटर लगायतका माध्यमबाट यही असोज १६ गते अपरान्ह ४ बजेभित्र सुझाव पठाइसक्न अनुरोध गरेको छ।

    यसरी विभिन्न माध्यमबाट आएका सुझावहरुलाई समितिले घोषणा तयारीका क्रममा सम्बोधन गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार