Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

    म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 939
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।



    चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ ।



    म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार