Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित, सबै दलले थाले तयारी

    निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित, सबै दलले थाले तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 840
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो।

    निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्ष दल निर्वाचनमा जित्ने रणनीतिमा जुटेको छ। निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् ।



    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य कदम भएको बताए । उनले भने, ‘निर्वाचनको मिति घोषणा भएको छ, अब सत्ता गठबन्धनमा छलफल गरेर सिट बाँडफाँटको विषय टुंगो लगाउँछौं।’



    महतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले अभियान नै सञ्चालन गर्ने बताए । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक र संवैधानिक प्रक्रिया रहेको प्रतिक्रिया दिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार