Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आगो लगाएर श्रीमती र सासुको हत्या प्रयास, अवस्था चिन्ताजनक

    आगो लगाएर श्रीमती र सासुको हत्या प्रयास, अवस्था चिन्ताजनक

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 993
    SHARES

    महोत्तरी । महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो ।

    भंगहा नगरपालिका–९ कञ्नवन बस्ने ६५ वर्षीया रेश्मादेवी सदा र उनकी छोरी ३५ वर्षीया प्रमिलादेवी सदालाई प्रमिलाका श्रीमान्‌ले हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    घरायसी विवादमा औरही नगरपालिका–८ बस्ने शंकर सदाले मट्टीतेल छर्केर श्रीमती र ससुरालाई आगो लगाएर जलाउने प्रयास गरेको गरेका हुन् ।



    आगोबाट रेसमाको पिट्यूँ, पाखुरा र बाँया खुट्टामा पोलेको छ भने प्रमिलाको दुबै हात, खुट्टादेखि पैतलासम्म र छातीमा पोलेको तथा अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ । आगोले जलेकी आमा–छोरीको उपचार भइरहेको छ ।

    शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार