Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुन्दर हरैचामा आगोले जलेर एक जनाको मृत्यु

    सुन्दर हरैचामा आगोले जलेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 927
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको सुन्दर हरैचामा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

    गएराति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार विद्युत सर्ट भएर लागेको आगोमा परि बेलबारी ११ का मजदुर कुमार श्रेष्ठको मृत्यु भएको हो ।



    घटनाको थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार