Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री गर्नेको प्रमाणपत्र खारेज गर्ने निगमको चेतावनी

    अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री गर्नेको प्रमाणपत्र खारेज गर्ने निगमको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने निगमले चेतावनी दिएको हो ।

    सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।



    “तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।



    तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताले हाल सोबमोजिम बिक्री–वितरण नगरेको पाइएको निगमले जनाएको छ ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार