Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • घरमै राखिएको मोटरसाइकलमा आगजनी

    घरमै राखिएको मोटरसाइकलमा आगजनी

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 966
    SHARES

    कैलाली । धनगढीमा घरको बरण्डामा राखिएको मोटरसाइकलमा आगजनी भएको छ ।

    उपमहानगरपालिकाको वडा नम्बर ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेका हुन् ।



    सबै जना सुतिसकेको अवस्थामा मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्था भेटिएको बताए ।



    घटनाबारे अनुसन्धान भइरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार