Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गोरखाको चेपे ‘ए’ हाइड्रोमा तोडफोड र आगजनी, करोडौं क्षति भएको अनुमान

    गोरखाको चेपे ‘ए’ हाइड्रोमा तोडफोड र आगजनी, करोडौं क्षति भएको अनुमान

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 816
    SHARES

    गोरखा । गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माणधीन चेपे ‘ए’ जलविद्युत् आयोजनामा स्थानीयहरुले तोडफोड र आगजनी गरेका छन् ।

    हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले शनिबार केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् ।



    लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए ।



    राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको स्थानीय बासिन्दाको टोलीले तोडफोड र आगजनी गरेको आयोजना पक्षको भनाइ छ ।

    आक्रोशित राइनासटारवासीले आयोजानको दुई वटा मिनीट्रक, एउटा एक्साभेटर तथा कर्मचारीको अस्थायी आवासगृहमा आगो लगाइदिएका हुन् ।

    कार्यालयभित्रका फर्निचरमा पनि तोडफोड गरिएको आयोजनाको निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष डाक्टर हरिराम पराजुलीले जानकारी दिए ।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट टोली पुगेर क्षतिको यकिन विवरण संकलनको काम गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार