Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अज्ञात समूहले गर्‍यो गाउँपालिकाको एक्साभेटर तोडफोड

    अज्ञात समूहले गर्‍यो गाउँपालिकाको एक्साभेटर तोडफोड

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1.1K
    SHARES

    बैतडी । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् ।

    डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको हो । उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ ।



    ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ ।



    तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    यसैबीच गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पनि तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार