Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सहकारी पीडितद्धारा धरान उपमहानगरपालिका तोडफोड

    सहकारी पीडितद्धारा धरान उपमहानगरपालिका तोडफोड

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.3K
    SHARES

    सुनसरी । सहकारी पीडितले धरान उपमहाननगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।

    आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेर तोडफोड गरेका हुन् ।



    उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए । तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन् ।



    आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका पीडितहरूले दिउँसो २ बजेसम्म नाराबाजी गरेका थिए। २ बजे मेयर साम्पाङ आएपनि उनले पीडित पक्षलाई नराम्रो वचन लगाएको आरोप पीडितहरूको छ ।

    धरानका मेयर हर्क साम्पाङले सहकारी पीडितले आफूलाई काम गर्न नदिएको, होहल्ला गरी कार्यालय सञ्चालनमा बाधा पुर्‍याएको, कार्यालयमा आएर गालीगलौज र तोडफोड गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार