Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा तोडफोड

    निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा तोडफोड

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 504
    SHARES

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ ।

    विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् ।



    उनीहरुले क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचनालगायतका पोस्टर टाँसेर विरोध जनाएका छन्।



    त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन । त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार