Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड

    सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 927
    SHARES

    काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको रसुवास्थित साइट कार्यालयमा तोडफोड भएको छ ।

    रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफेाड र आगजनी गरेका हुन् ।



    कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।



    करिब ७०-८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।

    कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याइएको छ । उनीहरुले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार