Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • न्याय परिषदको सचिवालयमा तोडफोड

    न्याय परिषदको सचिवालयमा तोडफोड

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ ।

    सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् ।



    तोडफोड गोरखा घर भएका नुरप्रसाद अधिकारीले गरेको बताइएको छ ।



    जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने न्यायाधीशलाई कारबाहीको माग लिएर परिषदको सचिवालयमा आएका थिए ।

    तर परिषदका कर्मचारीले त्यसरी कारबाही गर्न नमिल्ने बताएपछि उनले तोडफोड गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार