Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • गौशाला नगरपालिकाकी उपप्रमुख चढ्ने गाडीमा आगजनी

    गौशाला नगरपालिकाकी उपप्रमुख चढ्ने गाडीमा आगजनी

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 804
    SHARES

    बर्दीबास । महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको हो ।

    उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ ।



    घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरिएको बताइएको छ ।



    इलाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा राति नै घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट डीयुको ठूलो बोतल फेला पारेको छ ।

    बोतलबाट आएको गन्धको आधारमा आगजनी पेट्रोल छर्केर लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगजनी कसले र किन गरेको स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार