Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्ववियु निर्वाचन विवाद : ठाकुरराम क्याम्पसमा आगजनी, तीनजना पक्राउ

    स्ववियु निर्वाचन विवाद : ठाकुरराम क्याम्पसमा आगजनी, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 597
    SHARES

    वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विवाद उत्पन्न भएको छ ।

    शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रकाशित गरिएको मतदाता नामावलीमा फर्जी विद्यार्थीको नाम समावेश रहेको भन्दै एक समूहले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेको हो ।



    आगलागीबाट क्याम्पसको फर्निचर र केही कागजात जलेर नष्ट भएको छ । आगजनी गर्ने तीन जना पक्राउ परेका छन् । आगो लगाएको आरोपमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता सुजित गिरी, अनेरास्ववियु क्रान्तिकारीका नेता शिवम् साह र अनेरास्ववियुका नेता अभिषेक चौहानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    घटनापछि क्याम्पस प्रमुख डा उमेशकुमार चौरसियाले स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार