Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु हुँदा मोरङमा तनाव

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु हुँदा मोरङमा तनाव

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    चालकको पहिचान खुलेको छैन भने चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।



    दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार